काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ।
प्रतिनिधिसभा बैठक अघि १०ः३० मा भवन बानेश्वरमा बैठक बस्ने भएको हो।
बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ। पार्टीले आफ्ना सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाउने सम्भावना छ ।
प्रकाशित: ९ असार २०८१ ९:१९ | Sunday, June 23, 2024
प्रतिक्रिया





