महाधिवेशनका लागि राहत शिक्षक केन्द्रीय समितिले गठन गरेकाे पाँच उपसमितिमा कोको छन्?

हिमाल प्रेस ३२ जेठ २०८१ १३:४१ | Friday, June 14, 2024
महाधिवेशनका लागि राहत शिक्षक केन्द्रीय समितिले गठन गरेकाे पाँच उपसमितिमा कोको छन्?

काठमाडाैँ-  नेपाल राहत शिक्षक केन्द्रीय समितिले छैटाै‌ँ महाधिवेशन आयाेजनक उपसमिति गठन गरेकाे छ। सातवटै प्रदेश समिति, ७७ वटै जिल्ला समिति र ७५३ वटै स्थानीय समिति अध्यक्षलाई बिहीबार सर्कुलर जारी गर्दै साेबारे जानकारी गराएकाे छ।

आइतबार केन्द्रीय अध्यक्ष तथा नौ सदस्य कार्यदलका संयोजक खेमराज अधिकारीको अध्यक्षतामा बसेको केन्द्रीय समितिले असार २८ र २९ गते काठमाडाैँमा हुने महाधिवेशनका लागि पाँच उपसमिति गठन गरी सर्कुलर जारी गरेकाे हाे।

उपसमितिअन्तर्गत प्रचारप्रसार, आर्थिक व्यवस्थापन, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, महाधिवेशन व्यवस्थापन समिति रहेका छन्। प्रचारप्रसार समिति प्रमुखमा नवीन सिंह धामी र सदस्यमा विष्णु खत्री, प्रकाश रिजाल (नुवाकोट), डी.पी ढुंगेल, हरेराम यादव, कृष्णराज ओझा, शारदा चलाउने, जीवन तिमल्सिना (बागमती प्रदेश), श्याम ओली (कर्णाली प्रदेश ), दिपक शर्मा (ललितपुर) रहेका छन्।

आर्थिक व्यवस्थापन समिति प्रमुखमा कृष्ण विष्ट र सदस्यमा खगेन्द्र पौडेल, देवीराम आचार्य, लक्ष्मी मोक्तान, प्रेमबहादुर शाही (सुदूरपश्चिम प्रदेश ), गुरुप्रसाद अधिकारी (कोशी प्रदेश ), टीका सापकोटा बिपिन आचार्य, गोमा भुजेल (ललितपुर) रहेका छन्।

अतिथि सत्कार समिति प्रमुखमा शारदा तिमिल्सिना, सदस्यमा जानकी रावल, शिव शंकर कामति, नरेन्द्र न्यौपाने (गण्डकी प्रदेश), पृथ्वी जंग पाण्डे, बुद्धि सिंह विष्ट (कर्णाली प्रदेश), उजेलि वाइबा तामाङ (काभ्रे), शान्ता आले, शारदा रायमाझी रहेका छन्।

त्यसैगरी महाधिवेशन व्यवस्थापन समिति प्रमुखमा वीरेन्द्र कुमार मल्ल र सदस्यमा विष्णुप्रसाद दाहाल, (सिन्धुली), (लुम्बिनी प्रदेश) डम्बरबहादुर राई,रामराजा रिजाल, दुवांग दोर्जे लामा, शिव कुमार यादव, शिव कुँवर (लुम्बिनी प्रदेश),निर्मला ढकाल, राजिव भट्टराई,प्रेम दाहाल (कर्णाली प्रदेश) रहेका छन्।

प्रतिनिधि व्यवस्थापन समिति प्रमुखमा विनोद कुमार पासवान  र  सदस्यमा रामप्रसाद जोशी, भिमबहादुर सिंह, राजन अमगाँई,कुमार बजगाँई, मोहन भण्डारी,घनश्याम भट्ट, गंगा यादव (मधेश प्रदेश), रामकृष्ण श्रेष्ठ, सविन पन्त, (काठमाडौँ), ऐड्मा थापा (ललितपुर), गीता खड्का (काठमाडौँ) र कुन्ती रहेकाे छन्।

प्रकाशित: ३२ जेठ २०८१ १३:४१ | Friday, June 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast