 
                             
                                            काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरणमन्त्री र मोहम्मद सकिल मियाँलाई बिनाविभागीय राज्यमन्त्री नियुक्त गरेकी हुन्।
यसअघि बिनाविभागीय राज्यमन्त्री नियुक्त रञ्जुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। मन्त्री साह सिरहाको क्षेत्र नं. ४ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
नवनियुक्त मन्त्रीहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्। यससँगै मधेश प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ। यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 