भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत

हिमाल प्रेस ११ असार २०८१ १८:५२ | Tuesday, June 25, 2024
भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत संसद् बैठक । फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ।

सभाको आज ‍(मंगलबार) को बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गरेकी थिइन्।

सांसदहरू सञ्जय कुमार गौतम, जुलीकुमारी महतो (महासेठ), प्रेम सुवाल, नागीना यादव, डा. अमरेशकुमार सिंह, गणेश पराजुली, बद्रीप्रसाद पाण्डे भन्सार महसुलसम्बन्धी विधेयक २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागी भएका थिए।

प्रकाशित: ११ असार २०८१ १८:५२ | Tuesday, June 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast