ब्राजिलको जितमा भिनिसियस नायक

हिमाल प्रेस १५ असार २०८१ १०:१७ | Saturday, June 29, 2024
ब्राजिलको जितमा भिनिसियस नायक

काठमाडौँ- अमेरिकामा जारी कोपा अमेरिकामा पहिलो खेलमा ब्राजिलले निराशाजनक सुरुवात गर्‍यो। कमजोर मानिएको कोस्टारिकासँग ब्राजिल गोलरहित बराबरीमा रोकियो। उपाधि दाबेदार ब्राजिल क्वाटरफाइनल नपुग्ने चिन्ता बढ्यो।

खेल ब्राजिलको पक्षमा थियो। तर फिनिङ्स उत्कृष्ट बनेन। क्लवमा नाम चलेका खेलाडी भिनिसियस जुनियर र रोड्रिगोजस्ता स्टार खेलाडीहरूले कमाल देखाउन सकेनन्। तर दोस्रो खेलमा ब्राजिल लय फर्काउँदै सुभेक्ष्युकप्रति खुसी सन्चार गरेको छ।

पाराग्वेमाथि ब्राजिलियन टिम हाबी बन्दा फराकिलो अन्तरले जित निकालेको छ। राष्ट्रिय टिमबाट उत्कष्ट प्रदर्शन गर्ने भिनिसियस त खेलको नायक बने। उनले व्यक्तिगत २ गोल गरे। पाराग्वेसँग सुरुवाती मिनेटमा ब्राजिल चुक्यो।

३१ औँ मिनेटमा लुकास पाकेटा पेनाल्टीबाट गोल गर्न चुके। यसबाट ब्राजिल अग्रता बनाउनबाट बन्चित बन्यो। ४ मिनेटपछि नै भिनिसियसले पाकेटाकै पासमा गोल गरे।

पहिलो हाफको ४३ औँ मिनेटमा साभियोले टोलीको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा भिनिसियसले टोलीका लागि तेस्रो गोल थपे। यो भिनिसियसको व्यक्तिगत दोस्रो गोल थियो। भिनिसियसले यस्तै लय कायम राख्ने हो भने ब्राजिलको प्रदर्शन उत्कृष्ट रहने देखिएको छ। उनले गरेका दुवै गोल उत्कृष्ट थिए।

दोस्रो हाफको सुरुवातमा नै ओमार अल्डेर्टेले पाराग्वेका लागि गोल फर्काए। तर, यो जितका लागि पर्याप्त बनेन।

६५ औँ मिनेटमा पाकेटाले दोस्रो प्रयासमा पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए।

खेलको ८१ औँ मिनेटमा आन्द्रेस कुबासले रातो कार्ड पाएपछि पाराग्वे १० खेलाडीमा सीमित बन्यो। त्यसपछि पनि कुनै गोल हुन नसकेपछि ब्राजिलले खेल आफ्नो पक्षमा पार्न सफल भयो।

प्रतियोगितामा ब्राजिलको यो पहिलो जित हो। अब ब्राजिलको खातामा २ खेलबाट ४ अंक छ। समूह डी रहेको ब्राजिल शीर्ष २ मा परेको छ। २ खेलमा अपराजित कोलम्बिया ६ अंक बटुल्दै क्वार्टरफाइनल पुगिसकेको छ। कोलम्बियाले शनिबार नै कोस्टारिकालाई हराएको थियो।

अब ब्राजिलले ब्राजिलले समूह चरणको अन्तिम खेलमा बुधबार कोलम्बियाको सामना गर्नेछ।

प्रकाशित: १५ असार २०८१ १०:१७ | Saturday, June 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast