बालिकामाथिको यौन दुर्व्यवहारको आरोपमा इन्सपेक्टर विदुर शिवाकोटी पक्राउ

हिमाल प्रेस २४ जेठ २०८१ १२:४७ | Thursday, June 6, 2024
बालिकामाथिको यौन दुर्व्यवहारको आरोपमा इन्सपेक्टर विदुर शिवाकोटी पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- नेपाल प्रहरीका एक इन्सपेक्टर पक्राउ परेका छन्। बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर विदुर शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको हो। शिवाकोटीले १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। बालिका शिवाकोटकी कै घरमा घरेलु कामदार हुन्।

पटकपटक आफूमाथि घटना भएपछि बालिकाले उजुरी दिएको उल्लेख गरेकी छन्। उनले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा उजुरी निवेदन दिएकी थिइन्। इन्सपेक्टर शिवाकोटी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ जेठ २०८१ १२:४७ | Thursday, June 6, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast