बागमती प्रदेशमा १३ हजार ९७८ जनाले दिए रोजगारीका लागि आवेदन

हिमाल प्रेस ३० जेठ २०८१ २०:५३ | Wednesday, June 12, 2024
बागमती प्रदेशमा १३ हजार ९७८ जनाले दिए रोजगारीका लागि आवेदन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशको ललितपुरमा आयोजना गरेको श्रमाधान रोजगार मेला। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशको ललितपुरमा आयोजना गरेको दुई दिने श्रमाधान रोजगार मेलामा १३ हजार ९७८ जनाले रोजगारीका लागि आवेदन दिएका छन्। मेलामा रोजगारदाताबाट एक हजार ५०५ श्रमिकको माग गरिएको थियो। मन्त्रालयका अनुसार मंगलबार र बुधबार चलेको मेलामा करिब ५ हजारले अवलोकन गरेका छन्।

मेला समापन कार्यक्रममा बोल्दै पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मणसिंह कुँवरले नेपाली युवाले अझै पनि श्रमको महत्त्व नबुझेको बताए। विदेशमा गएर जुनसुकै श्रम गर्न रुचाउने नेपाली श्रमिकले नेपालमा भने त्यही रोजगारीमा गर्न नचाहेको कारण पनि बेरोजगारी बढेको उनको भनाइ थियो।

नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले  रोजगार मेलाले नेपालमा रोजगारीको अवसर पाइने सकारात्मक सन्देश दिएको बताए। मन्त्रालयका उपसचिव एवम् बागमती प्रदेशको रोजगार मेलाका संयोजक डम्बरबहादुर सुनुवारले मेला सञ्चालनमा गर्नमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरे।

प्रकाशित: ३० जेठ २०८१ २०:५३ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast