बढ्यो सुनको भाउ

हिमाल प्रेस ६ असार २०८१ ११:५३ | Thursday, June 20, 2024
बढ्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।

अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला छ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ६ असार २०८१ ११:५३ | Thursday, June 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast