काठमाडौँ- सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला छ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
                            प्रकाशित: ३० जेठ  २०८१ ११:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

