 सांसद अमरेशकुमार सिंह। फाइल तस्बिर
                             सांसद अमरेशकुमार सिंह। फाइल तस्बिर
                                            काठमाडौँ- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले १० वर्षअघिको जस्तै बजेट ल्याएको टिप्पणी गरेका छन्। बजेटमाथिको छलफलमा बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी हुँदै सांसद सिंहले यस्तो टिप्पणी गरेका हुन्। उनले बजेटलाई कमाऔँ खाऔँ र बाहुबली बजेटको संज्ञा दिए।
सांसद सिंहले व्यापारिक घरानालाई खुसी पार्न मात्रै बजेट ल्याउने गरिएको पनि बताए। उनले भने, ‘यहाँ त बजेटको परम्परा छ, कहिले विशाल ग्रुप बनाउने त कहिले गोल्याण बनाउने, कहिले गुरुङ बनाउने त कहिले जगदम्बा ग्रुप बनाउने।’
उनले अर्थ मन्त्रालयको नेतृत्वमा बस्नेले कमाइ खाने गरी आएकाले बजेटलाई कमाऔँ खाऔँ बजेट भन्नुपर्ने बताए। यस्तै जो सत्तामा छ, उनीहरूका पक्षमा अर्बौँ खर्बौँ बजेट विनियोजन गरिएकाले यसलाई बाहुबली बजेट भन्नुपर्ने बताए। उनले मन्त्रालयगत रूपमा छलफल नगरी बजेट ल्याइएको बताए। बजेट युद्ध लड्नुजस्तो नरहेको सांसद सिंहको भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 