बजेटमाथि विषयगत छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

हिमाल प्रेस २९ जेठ २०८१ ७:४९ | Tuesday, June 11, 2024
बजेटमाथि विषयगत छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ- सांसदहरूले बजेट पढ्न समय मागेकाले स्थगित भएको प्रतिनिधिसभा बैठक बस्दैछ।

बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल सुरु हुने छ। त्यसअन्तर्गत आज चारवटा मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।

युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।

संसद्‌मा आइतबारदेखि नै विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल हुने भनिए पनि सरकारले सांसदहरूलाई बजेट पुस्तिका उपलब्ध नगराएको भन्दै आइतबार र सोमबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो।

प्रकाशित: २९ जेठ २०८१ ७:४९ | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast