बजेटमाथि छलफलमा खाली कुर्सी [तस्बिरहरू]

दिपेश श्रेष्ठ २९ जेठ २०८१ १२:२१ | Tuesday, June 11, 2024
बजेटमाथि छलफलमा खाली कुर्सी [तस्बिरहरू] प्रतिनिधिसभाको मंगलबार बसेको बैठक। तस्बिरहरू : दिपेश श्रेष्ठ

काठमाडौँ– प्रतिनिधिसभाको बैठकमा मंगलबारदेखि विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल सुरु भएको छ। पहिलो दिन युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची छ।

बजेटका विषयमा छलफल सुरु भए पनि प्रतिनिधिसभाका अधिकांश कुर्सी रित्ता छन्। सांसदहरूको उपस्थिति पातलो भएकाले कुर्सी खाली देखिएका हुन्। अधिकांश सा‌ंसदहरू हाजिर गर्दै बाहिरिँदै गरेको संसद् सचिवालयका कर्मचारीहरूले बताए।

संसद्‌मा आइतबारदेखि नै विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल हुने भनिए पनि सरकारले सांसदहरूलाई बजेट पुस्तिका उपलब्ध नगराएको भन्दै आइतबार र सोमबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो।

 

 

प्रकाशित: २९ जेठ २०८१ १२:२१ | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast