बजेटप्रति ओलीको असन्तुष्टि, पार्टीले चलाइरहेका मन्त्रालयको बजेट हेर्ने

हिमाल प्रेस १ असार २०८१ १८:११ | Saturday, June 15, 2024
बजेटप्रति ओलीको असन्तुष्टि, पार्टीले चलाइरहेका मन्त्रालयको बजेट हेर्ने केपी शर्मा ओली।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले चलाइरहेका मन्त्रालयको बजेट विनियोजनको स्थिति पनि हेर्नुपर्ने बताए।

अध्यक्ष ओलीले देशलाई गरिबी हुनबाट बचाउनका लागि एमाले सरकारमा गएकाले बजेट कति ठिक र कति बेठिक भन्नेबारे छलफल हुनुपर्ने बताए। उनले दिगो विकास लक्ष्य पाँच वर्षभित्र पूरा गर्नुपर्ने भन्दै मुलुकको विकास र गरिबी घटाउन उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने बताए।

देश बनाउने संकल्प, अठोटसहित उद्यमशीलता बढाउन प्रविधिको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई कमजोर पार्ने प्रयासस्वरूप एमालेविरुद्ध प्रतिक्रियावादीले गलत हल्ला फैलाएका तर्फ सचेत रहनुपर्ने बताए।

‘प्रतिक्रियावादीहरूले देश अगाडि नबढोस् भनेर राष्ट्रिय शक्तिलाई कमजारे पार्न चाहान्छन्’, उनले भने,‘भ्रमको जालो फिजाउन, आस्था हटाउने र जनविश्वास कसरी कमजोर बनाउन सकिन्छ भनेर एमालेविरुद्ध लागि परेका छन्। त्यसलाई चिर्दैअगाडि बढ्नुपर्छ।’

प्रकाशित: १ असार २०८१ १८:११ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast