बंगलादेशलाई नेपालले दियो १०७ रनको लक्ष्य

हिमाल प्रेस ३ असार २०८१ ६:५९ | Monday, June 17, 2024
बंगलादेशलाई नेपालले दियो १०७ रनको लक्ष्य

काठमाडौँ- आईसीसी टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १०६ रनमा अलआउट गरेको छ।

टस जितेर बलिङ गरेको नेपाली टोलीले १९ दशमलव ३ ओभरमा १०६ रनमा बंगलादेशलाई रोकेको थियो।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, सन्दीप लामिछानेले समान २-२ विकेट लिए।
कुशल भुर्तेल र अविनाश बोहोरा विकेट विहीन बने।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा सुरुवाती ब्याटिङ गरेको बंगलादेशका कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन्।

बंगालदेशका लागि सकिब अल हसनले बनाएको १७ रन नै सर्वाधिक रह्यो। महम्मदुल्लाह र रिसद हुसैनले समान १३ रन बनाए।

जाकर अलीले १२ र लिटोन दासले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रकाशित: ३ असार २०८१ ६:५९ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast