 
                             
                                            काठमाडौँ- फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। काठमाडौँको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो (आज) थापालाई पक्राउ गरिएको हो।
फिल्म ‘प्रसाद २’ को विवादमा थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरूद्ध प्रहरी वृत्त बौद्धमा मुद्दा थियो। पक्राउ पुर्जी जारी भए पनि फरार रहेका थिए।
निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै गत साउन १० मा जिल्ला प्रहरी परिसर, काठमाडौँमा निर्देशक सुदर्शन थापाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए। थापा प्रसाद २ का निर्देशक हुन्।
                            प्रकाशित: २१ जेठ  २०८१ १५:०४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 