सम्पर्कविहीन १३ प्रहरीलाई हाजिर हुन आउन हेडक्वार्टरको निर्देशन

हिमाल प्रेस १० असार २०८१ ९:४४ | Monday, June 24, 2024
सम्पर्कविहीन १३ प्रहरीलाई हाजिर हुन आउन हेडक्वार्टरको निर्देशन प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीमा गैरहाजिर रहेका १३ प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले जवानदेखि सहायक निरीक्षकसम्मका १३ कर्मचारी दुई महिनादेखि गैरहाजिर रहेको भन्दै एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।

आफूखुशी गैरहाजिर रहनेमा एक सहायक निरीक्षक, दुई सहायक हवलदार र आठ जवान छन्। त्यस्तै दुई जना प्राविधिक जवान पनि छन्।

कार्यालयले खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा समेत ती प्रहरी कर्मचारी सम्पर्कमा नआएको जनाएको छ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफूखुशी गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन कार्यालयले निर्देशन दिएको छ।

प्रकाशित: १० असार २०८१ ९:४४ | Monday, June 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast