प्रतिनिधिसभामा खर्च कटौतीमाथिको छलफल आज पनि

हिमाल प्रेस ५ असार २०८१ ७:०५ | Wednesday, June 19, 2024
प्रतिनिधिसभामा खर्च कटौतीमाथिको छलफल आज पनि प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ।

बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ।

कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तंगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जबाफ दिने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए।

प्रकाशित: ५ असार २०८१ ७:०५ | Wednesday, June 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast