पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख ठगेर भागेका व्यक्ति पक्राउ

हिमाल प्रेस ७ असार २०८१ १३:१९ | Friday, June 21, 2024
पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख ठगेर भागेका व्यक्ति पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीया गोमा रानी थोकरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

थोकरले आकर्षक तलबको प्रलोभन देखाई २ जना पीडितहरूबाट १० लाख ३६ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको प्रहरीमा उजुरी परेको थियो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बानेश्वरबाट उनलाई पक्राउ गरेको जनाएको छ। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ असार २०८१ १३:१९ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast