पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीमा भएकाे अवरोध हटाउन कांग्रेसकाे माग

हिमाल प्रेस ३ असार २०८१ १३:५६ | Monday, June 17, 2024
पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीमा भएकाे अवरोध हटाउन कांग्रेसकाे माग कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रूपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीको आपूर्ति तथा उपभोक्ता विभागले सोमबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको अभावमा नागरिक आतङ्कित बन्ने वातावरण बनेकाले तत्काल आपूर्ति व्यवस्था सहज गराउन सरकारसँग माग गरेको हो। विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकार, नेपाल आयल निगम, निगमको सञ्चालक समिति, निगम व्यवस्थापन र पेट्रोलियम ढुवानी व्यवसायी महासंघसँग माग गरेका छन्।

बजारमा कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्तिको शृङ्खलासमेत बिग्रने हुँदा अत्यावश्यक वस्तुमा बन्द, हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध कानुन बमोजिम कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ। विधिको शासन र कानुनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनका लागि कांग्रेसले सरोकार भएका सबैसँग अनुरोध गरेको छ।

प्रकाशित: ३ असार २०८१ १३:५६ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast