 डा.बाबुराम भट्टराई
                             डा.बाबुराम भट्टराई
                                            काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) ले यही जेठ ३० गते पार्टी स्थापना दिवस मनाउने भएको छ। सोमबार नेसपा सचिवालयको भर्चुअल बैठकले जेठ ३० गते प्रज्ञा–प्रतिष्ठानमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको हो।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०७३ जेठ ३० गते आइतबार ‘नयाँ शक्ति नेपाल’ पार्टी घोषणा गरेका थिए। नयाँ शक्ति स्थापना भएको दिनलाई नै नेसपाले आफ्नो स्थापना दिवसका रूपमा मनाउन लागेको हो। विभिन्न पार्टीसँग एकता गर्दा ‘नयाँ शक्ति’ शब्दावली हटाएर ‘समाजवादी’ राखिएकाे थियाे। विभाजनपछि ‘नेपाल समाजवादी पार्टी (नेसपा)’ नाम राखिएकाे हाे।
नेसपा प्रवक्ता कृष्ण शर्माले अहिले पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ भए पनि नयाँ शक्तिकै विचार, सिद्धान्त, लक्ष्य रहेकाले ‘नयाँ शक्ति’ स्थापना भएको दिनलाई नै पार्टी स्थापना दिवस मनाउने निर्णय भएको जानकारी दिए।
उनका अनुसार जेठ ३० गते संघ, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रमहरू आयोजना हुनेछ। पार्टीलाई नयाँ अग्रगामी वैकल्पिक शक्तिको रूपमा पुनर्निर्माण गर्ने दृढ अठोट पनि बैठकले गरेको उनले बताए।
प्रवक्ता शर्माले भने,‘स्थापना दिवसकाे दिन अहिलेसम्मको पार्टीकाे उपलब्धि र कमजोरीकाे समीक्षा हुन्छ। नयाँ शक्तिका पक्षधरहरूलाई एकै ठाउँमा उभ्याएर नयाँ संकल्प पत्र जारी गर्छाैं।’
नेसपाले समतामूलक समृद्धि, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, समुन्नत समाजवाद,स्वाधिनता/सार्वभौमसत्ताजस्ता सिद्धान्त अघि सारेकाे छ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री नभइ मुलुकमा राजनीतिक स्थिरता र देश समृद्ध नहुने पनि नेसपाले बताउँदै आएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![[टिप्पणी] प्रमाणित भएको बाबुरामको दृष्टि](https://himalpress.com/wp-content/uploads/2025/10/prakash.jpeg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 