३३.१५ अंकले बढ्यो नेप्से परिसूचक

हिमाल प्रेस २९ जेठ २०८१ १८:४७ | Tuesday, June 11, 2024
३३.१५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ- जलविद्युत् कम्पनीको सेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ दसमलब १५ अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक एक दसमलब ५९ प्रतिशतले बढेर दुई हजार एक सय १५ दसमलब २४ को बिन्दुमा कायम भएको हो।

तीन सय ११ कम्पनीको एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता सेयर ७४ हजार आठ सय ७७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ बराबरको कारोबार भएको छ। जलविद्युत् कम्पनीहरुको मात्र आज रु दुई अर्ब २८ करोड सात लाख ९० हजार आठ सय ४५ बराबरको ५९ लाख ७९ हजार चार सय ४३ कित्ता सेयर किनबेच भएको छ।

जलविद्युत् समूहको उपसूचक दुई दसमलब ५८, व्यापार दुई दसमलब १२, निर्जीवन बिमा दुई दसमलब १९, जीवन बिमा दुई दसमलब ४० र वित्त समूह दुई दसमलब १६ प्रतिशतले बढेको छ। बैंकिङ समूह एक दसमलब ७३, विकास बैंक एक दसमलब ४२, होटल तथा पर्यटन शून्य दसमलब ५९, लगानी एक दसमलब ०९ र उत्पादन तथा प्रशोधन शून्य दसमलब ४० प्रतिशतले बढेको छ।

म्युचुअल फन्ड शून्य दसमलब ५० र अन्य समूहको उपसूचक शून्य दसमलब ५३ प्रतिशतले बढेको छ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ग्रिन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य पाँच दसमलब ८१ र कुमारी इक्विटी फन्डको सेयर मूल्य चार दसमलब ९४ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा मंगलबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३६ करोड ३० लाख ९२ हजार नौ सय १० बराबरको पाँच लाख २५ हजार एक सय ८५ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: २९ जेठ २०८१ १८:४७ | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast