नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्यो

हिमाल प्रेस १६ असार २०८१ १५:४१ | Sunday, June 30, 2024
नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्यो

काठमाडौँ-  साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम भएको छ।

आज विभिन्न तीन सय २० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता शेयर ५० हजार नौ सय ५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ३४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ। बैङ्किङ शून्य दशमलव ७०, विकास बैङ्क शून्य दशमलव ८०, होटल तथा पर्यटन शून्य दशमलव ४०, जलविद्युत् एक दशमलव ०६ र लगानी समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ।

त्यसैगरी, जीवन बीमा समूह शून्य दशमलव ४५, लघुवित्त एक दशमलव ३७, म्युचुअल फन्ड शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २८, व्यापार शून्य दशमलव ३१ र अन्य समूह शून्य दशमलव ९५ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ०६ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ७६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १२ करोड ८८ लाख ७४ हजार एक सय ५४ बराबरको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको दुई लाख २९ हजार दुई सय १० कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: १६ असार २०८१ १५:४१ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast