नेपाल आइडल करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार

हिमाल प्रेस १२ असार २०८१ ८:२७ | Wednesday, June 26, 2024
नेपाल आइडल करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार

काठमाडौँ- नेपाल आइडल पाँचौ सिजनका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर बधाइ दिएका छन्। आज बिहान प्रधानमन्त्रीको निमन्त्रणा स्वीकार्दै परियार बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएका थिए। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र संगीतका खास इभेन्ट आफूले हेर्ने गरेको बताए। ‘युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमा छु,’ परियारलाई प्रधानमन्त्रीले भने।

सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १२ असार २०८१ ८:२७ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast