नाला खन्ने क्रममा पुरिएर दुई मजदुरको ज्यान गयो

हिमाल प्रेस ३१ जेठ २०८१ २१:०६ | Thursday, June 13, 2024
नाला खन्ने क्रममा पुरिएर दुई मजदुरको ज्यान गयो पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-२ स्थित फलफूलचोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनिएको खाल्डो। तस्बिर : रासस

मध्यविन्दु (नवलपरासी)– कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर बिहीबार दुई मजदुरको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-२ स्थित फलफूलचोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीनजना महिला मजदुर पुरिएका थिए।

पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको खोजी भइरहेको छ।

ढल निकासीको ह्युम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए। पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको पौडेलले बताए। रासस

प्रकाशित: ३१ जेठ २०८१ २१:०६ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast