दिल्लीमा पानी अभाव,जलमन्त्री भोक हड्तालमा

हिमाल प्रेस ८ असार २०८१ १६:१५ | Saturday, June 22, 2024
दिल्लीमा पानी अभाव,जलमन्त्री भोक हड्तालमा

नयाँदिल्ली- गर्मीका कारण राजधानी दिल्लीका केही भागमा पानी अभाव भएकाे छ। ट्याङ्करकाे पानी भर्न मानिसहरूको लामो लाइन छ। पानी अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानी ट्याङ्कर वरिपरि घुमिरहेका छन्।

दिल्लीकी जलमन्त्री आतिशी शुक्रबार हरियाणा सरकारले दिल्लीको पानी नछोडेको आरोप लगाउँदै अनिश्चितकालीन भोक हड्तालमा बसेकी छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी सुनीता केजरीवालले न्यायिक हिरासतमा रहेका मुख्यमन्त्रीको सन्देश पढ्दै दिल्लीका जनता पानी अभावबाट पीडित भएको देखेर अरविन्द केजरीवाल दुःखी भएको बताइन्।

भाजपाकी सांसद बांसुरी स्वराजले आप सरकारले ‘भ्रष्टाचारलाई प्रोत्साहित गर्न’ पानी  संकटलाई ‘योजनाबद्ध’ गरेको आरोप लगाइन्।

पानीको संकट, प्राकृतिक संकट नभई केजरीवाल सरकारले आफ्नै भ्रष्टाचारलाई प्रोत्साहित गर्दै अवैध ट्याङ्कर माफियालाई प्रोत्साहित गर्ने योजना बनाएको बांसुरी स्वराजकाे भनाइ छ।

उनले सहर सुख्खा भई दिल्ली असहज अवस्थामा हुदाँ केजरीवाल सरकार केवल नाटकमा लिप्त रहेको उल्लेख गर्दै मन्त्री आतिशीले पर्याप्त कदम चाल्नुको सट्टामा केवल नाटकमा व्यस्त भई दिल्लीवासीलाई अन्सनको धम्की दिइरहेको बताइन्।

प्रकाशित: ८ असार २०८१ १६:१५ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast