दलमा आबद्ध शिक्षकलाई कारबाही : शिक्षामन्त्री श्रेष्ठले भनिन् : आयोगको प्रतिवेदन कार्यान्वयन गरिएको हो

हिमाल प्रेस २५ जेठ २०८१ १४:०७
दलमा आबद्ध शिक्षकलाई कारबाही : शिक्षामन्त्री श्रेष्ठले भनिन् : आयोगको प्रतिवेदन कार्यान्वयन गरिएको हो शिक्षामन्त्री सुमना श्रेष्ठ। फाइल तस्बिर।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने कुरा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन-२०७५ मै उल्लेख भएको र अहिले कार्यान्वयन मात्र गरेको बताएकी छन्। शिक्षा मन्त्रालयमा बुधबार आयोगका पदाधिकारीसँग मन्त्री श्रेष्ठले सो कुरा गरेकी हुन्।

‘राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने कुरा प्रतिवेदनमै उल्लेख थियो। अहिले कार्यान्वयनमा आएको हो,’ श्रेष्ठले भनिन्। समाजमा विवेकशील चेतना दिने शिक्षा दिनुपर्ने र त्यसका लागि प्रतिवेदन सार्वजनिक गरी परिमार्जनसहित कार्यान्वयनमा जानुपर्ने उनको भनाइ थियो ।

सरकारले २०७५ असार ३२ गते २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको गठन गरेपछि आयोगले विभिन्न विषयगत समिति बनाएर अध्ययन गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो।

मन्त्रालयमा भएको कार्यक्रममा पूर्वशिक्षामन्त्रीद्वय गिरिराजमणि पोख्रेल र डा.गंगालाल तुलाधर, पूर्वशिक्षा सचिव खगराज बरालसहित आयोगका अधिकांश सदस्य उपस्थित थिए।

प्रकाशित: २५ जेठ २०८१ १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast