ताेलामा एकैदिन एक हजार नौ सय बढ्यो सुनको भाउ

हिमाल प्रेस ७ असार २०८१ ११:३० | Friday, June 21, 2024
ताेलामा एकैदिन एक हजार नौ सय बढ्यो सुनको भाउ

काठमाडाैँ- आज नेपाली बजारमा सुनचाँदीकै भाउ बढेको छ। हिजाे प्रतितोला छ सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार नौ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

हिजाे छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ। हिजाे प्रतितोला १८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १८ सय ६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।  ‍हिजाेको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

प्रकाशित: ७ असार २०८१ ११:३० | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast