 सांकेतिक तस्बिर।
                             सांकेतिक तस्बिर।
                                            काठमाडौँ- रुकुमपश्चिममा निर्माणाधीन सडकको ढुंगाले लागेर महिलाको मृत्यु भएको छ।
सानीभेरी गाउँपालिका १० की करिब ५२ वर्षीया नौली विकको मृत्यु भएको हो।
शुक्रबार साँझ चौरजहारी नगरपालिका १३ स्थित आफन्तको घरबाट फर्किने क्रममा घर नजिकै पुगेका वेला माथिबाट आएको ढुंगा लागेर घटनास्थलमै विकको ज्यान गएको वडाध्यक्ष टिकाराम खड्काले जानकारी दिए।
घडेरी–घण्ठाना–तिमीले–चिन्तु कृषि सडक स्तरोन्नतिका लागि स्थानमा डोजरले बाटो खनिरहेको छ। करिब १५० मिटर तलको बाटोमा हिँडिरहेको वेला निर्माणाधीन सडकबाट आएको ढुंगा लागेर उनको मृत्यु भएको हो।
यसअघि पनि सडक निर्माणको क्रममा एक बालकको मृत्यु भएको थियो। घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
                            प्रकाशित: १९ जेठ  २०८१ ८:१६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![रुकुम जिप दुर्घटना : मृतकको संख्या आठ पुग्यो, १० घाइते [मृतकको नामसहित]](https://himalpress.com/wp-content/uploads/2025/05/ACCIDENT1691152311.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 