ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

हिमाल प्रेस १४ असार २०८१ ११:५९ | Friday, June 28, 2024
ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध फाइल तस्बिर

सुर्खेत- कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो।

दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए। उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिए।

मध्यपहाडी राजमार्गको रुकुमखण्ड पनि अवरुद्ध भएको छ। रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा बिहीबार साँझ खसेको पहिराेले बाटो अवरुद्ध भएको हो। रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने प्रयास जारी रहेको बताए। रासस

प्रकाशित: १४ असार २०८१ ११:५९ | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast