ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस ८ असार २०८१ ११:१९ | Saturday, June 22, 2024
ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

कन्चनपुर- पूर्व-पश्चिम राजमार्गस्थित कन्चनपुरको महेन्द्रनगर-सुडा सडक खण्डमा शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश विकका अनुसार महेन्द्रनगरबाट दैजीतर्फ गइरहेको से१त २२६८ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो।

दैजीतर्फ गइरहेको ट्र्याक्टरमा सोही दिशातर्फ गइरहेको सुप प्र ०२००३ प ६९७० नम्बरको मोटरसाइकल ठोक्किएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार मनोज चौधरी घाइते भएका छन्। उनको कैलालीको धनगढीमा उपचार भइरहेको छ। प्रहरीले ट्र्याक्टर चालक रामु रानालाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: ८ असार २०८१ ११:१९ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast