ट्रेलरमा घरज्वाइँ बस्दा सम्बन्धमा आउने उतारचढाव

हिमाल प्रेस १४ असार २०८१ १२:२१ | Friday, June 28, 2024
ट्रेलरमा घरज्वाइँ बस्दा सम्बन्धमा आउने उतारचढाव

काठमाडौँ- दयाहाङ राई र मिरूना मगर मुख्य भूमिकामा रहेको फिल्म ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक गरिएको छ।

चार मिनेट दुई सेकेन्डको ट्रेलरमा अभिनेता दयाहाङ र मिरुनाको प्रेम, विवाहपश्चात घरज्वाइँ बस्नुपरेको बाध्यता र त्यसले सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ। मगर समुदायको संस्कार र संस्कृतिमा आधारित ट्रेलरले फिल्मको कथावस्तुलाई देखाएको छ।

अनिल बुढा मगरको लेखन तथा निर्देशना बनेको फिल्म असार २८ मा प्रदर्शन हुनेछ। निर्देशक अनिलसँगै विनोद खतिवडा र सुवास कोइरालाले फिल्मको पटकथा लेखेका छन्। फिल्मका निर्माता जनक घर्तीमगर हुन्।

फिल्ममा शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापामगर, कविता आले मगर, बुद्धि तामाङ, पुष्कर गुरूङ, अनु थापा, सुनिल मगर, लगायतकलाकारको अभिनय छ।

सुशन प्रजापतिले छायांकन गरेको फिल्म कृष्ण भण्डारीको सम्पादन छ। फिल्म जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ।

यस्तो छ ट्रेलर

प्रकाशित: १४ असार २०८१ १२:२१ | Friday, June 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast