 सर्वोच्च अदालत। फाइल तस्बिर
                             सर्वोच्च अदालत। फाइल तस्बिर
                                            काठमाडौँ- ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन महिनावारी भएको बेला ट्राफिक महिलालाई चार दिन बिदा दिने र ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंमसेवको रुपमा सडकमै खटाउने निर्णय गरेका थिए।
रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले उक्त निर्णय कार्यान्वयनमा गएपछि सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमाथि आज आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेशसहित अन्तरिम आदेश जारी गरेको हो।
ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 