विपत्ति नआओस् भन्ने कामनासहित टुँडिखेलमा भूमे पर्व मनाइँदै

हिमाल प्रेस १ असार २०८१ १६:१४ | Saturday, June 15, 2024
विपत्ति नआओस् भन्ने कामनासहित टुँडिखेलमा भूमे पर्व मनाइँदै

काठमाडाैँ- मगर समुदायले काठमाडौँको टुँडिखेलमा भूमे पर्वको सुरुआत गरेका छन्। मगर समुदायले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्ति नआओस् भन्ने कामनासहित भूमिलाई पूजा गरेर यो पर्व मनाउने गर्दछन्।

तीन दिनसम्म विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइने भूमे पर्वमा सहभागी हुनको लागि सबैलाई आग्रह गरिएको छ। भूमे पूजामा मार (भेंडा, बोका, कुखुरा, सुंगुर) लाई मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ। जसलाई भूम्या निकाल्ने भनिन्छ।

भूम्या निकाल्दा महिलाले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैँको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ।

यसो गरेमा घरभित्रका पीर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ। भूम्या थानमा देवतालाई बली दिएर पूजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाचिन्छ।

प्रकाशित: १ असार २०८१ १६:१४ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast