टीकापुर घटनाबारे रेशम : थारूहरूसँग सरकारले क्षतिपूर्तिसहित माफी मागोस्

हिमाल प्रेस ३० जेठ २०८१ १५:५७ | Wednesday, June 12, 2024
टीकापुर घटनाबारे रेशम : थारूहरूसँग सरकारले क्षतिपूर्तिसहित माफी मागोस्

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका हुन्। बुधबार काठमाडौँमा नेपाल समाजवादी पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताएका हुन्।

उनले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरू जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताए।

‘सबैभन्दा पहिला टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त मिलाउनुपर्छ। हाम्रो के अपराध थियो?,’ उनले प्रश्न गर्दै भने, ‘जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍यायो त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने? घाइतेलाई उठाएर उपभार गर्नेले आठ वर्षसम्म जेलको कालकोठीमा सढ्नुपर्ने? अब जाक्नेवालाको खोजीनिती गर्नुस्। घटना कसले गरायो हामीलाई नसोध्नुस्। लाल आयोगलाई सोध्नुस्। मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ।’

प्रकाशित: ३० जेठ २०८१ १५:५७ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast