जेठ महिनामा बिदेसिए झन्डै ७३ हजार नेपाली

हिमाल प्रेस ४ असार २०८१ १५:१७ | Tuesday, June 18, 2024
जेठ महिनामा बिदेसिए झन्डै ७३ हजार नेपाली

काठमाडौँ– जेठ महिनामा चालु आर्थिक वर्षकै धेरै कामदार वैदेशिक रोजगारीमा गएका छन्। जेठमा ७२ हजार ८ सय ६१ जना कामको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको मासिक प्रगति विवरणमा उल्लेख छ। गत वैशाख महिनामा ७० हजार ६ सय ३७ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ।

जेठमा म्यानपावर कम्पनी संस्थनगत ३६ हजार ७ र व्यक्तिगत ३६ हजार १ सय ६१ जना वैदेशिक रोजगारीमा गएका विभागको तथ्यांकमा उल्लेख छ।

जेठमा सबैभन्दा बढी कामदार यूएई पुगेका छन्। यस महिना २० हजार ४ सय २४ जना यूएई, साउदी अरब १३ हजार ३ सय ६६ जना, कतार ११ हजार ९ सय ७३ जना, मलेसिया ८ हजार ७ सय ५२ जना, कुवेत ३ हजार ४ सय ३२ जना, बहराइन १ हजार १ सय जना, ओमान ६ सय १८ जना, रोमानिया १ हजार ९ सय ४६ जना, क्रोएसिया २ हजार ९ सय २२ जना, साइप्रस ८ सय ९९, माल्टा २ सय ८१ र पोर्चुगलमा १ सय ३९ जना वैदेशिक रोजगारी गएको विभागको तथ्यांकमा छ।

जेठमा महिनामा दैनिक २ हजार २ सय ७६ जना वैदेशिक रोजगारीमा गएको विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए। उनका अनुसार जेठ महिनामा एक सय देश नेपाली युुवा कामको खोजीमा पुगेका छन्। जेठमा चालु आर्थिक बर्षकै सबैभन्दा बढी नेपाली रोजगारीको खोजीमा विदेशिएको उनको भनाइ छ।

११ महिना पौने सात लाख बिदेसिए

विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार ३ सय ८६ पुगेको छ।

साउनमा ५५ हजार ५ सय ७५ जना, भदौमा ५० हजार ८ सय ८४ जना, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२ जना र मंसिरमा ६८ हजार २ सय १ जना, पुसमा ६५ हजार ८ सय १३, माघमा ६२ हजार १ सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३, वैशाखमा ७० हजार ६ सय ३७ जना वैदेशिक रोजगारीको विभागको तथ्यांकमा छ।

जेठ महिनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगारीका लागि सबै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरेको थियो। तर यसै महिना सबैभन्दा बढी नेपाली कामको खोजीमा बाहिरिएका छन्।

प्रकाशित: ४ असार २०८१ १५:१७ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast