जीबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन : प्रकाशशरण महत

हिमाल प्रेस ९ असार २०८१ १७:५९ | Sunday, June 23, 2024
जीबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन : प्रकाशशरण महत प्रकाशशरण महत । फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको बताएका छन्। आइतबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले गृहमन्त्रीले अहिलेसम्म बोलेका कुराहरू कुनै पनि दिगो र सत्य नभएको दाबी गरे। उनले जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्नेकुरा धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको बताए।

उनले जीबी राईलाई पक्राउ गर्ने बाटाेमा गृहमन्त्री नदेखिएको बताउँदै पक्राउ गरी अनुसन्धान भए आफैँ फस्न सक्ने डर रहेको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि धेरै कुरा बोल्ने, विश्वास दिलाउने तर काम नगरेको बताए।

प्रकाशित: ९ असार २०८१ १७:५९ | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast