जसपा नेपालको महाधिवेशन : प्रतिनिधि तथा पर्यवेक्षकको रजिष्ट्रेशन सुरु

हिमाल प्रेस २८ जेठ २०८१ ८:४३ | Monday, June 10, 2024
जसपा नेपालको महाधिवेशन : प्रतिनिधि तथा पर्यवेक्षकको रजिष्ट्रेशन सुरु

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधि तथा पर्यवेक्षकको रजिष्ट्रेसन कार्य सुरु भएको छ।

महाधिवेशनमा सहभागी हुने मधेश प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकले जेठ २६ र २७ गते बेलुकी ५ बजेसम्म दर्ता गरिसक्नु पर्नेछ। अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकले जेठ २८ गते बेलुकी ५ बजे सम्म दर्ता गर्न सक्नेछन्।

जसपा नेपालको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शूल्क १५ सय तोकेको छ। त्यस्तै दुई प्रति पासपोर्ट साइजको फोटो समेत माग गरिएको छ।

प्रकाशित: २८ जेठ २०८१ ८:४३ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast