यस्ताे छ ‘जन्ते बाख्रो’ को हुलिया

हिमाल प्रेस ४ असार २०८१ १६:१४ | Tuesday, June 18, 2024
यस्ताे छ ‘जन्ते बाख्रो’ को हुलिया

काठमाडौँ- सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘जन्ते बाख्रो’ को थिम पोस्टर सार्वजनिक भएको छ।

पोस्टरमा छाता ओडेर, आँखामा चस्मा लगाएको मुस्कानसहितको जन्ते बाख्रोको आकर्षक हुलियासहित नेपत्थ्यमा आकाश र बादलको रोचक आकृति देख्न सकिन्छ। यसले फिल्मको कमेडी कथाशैलीलाई संकेत गरेको छ।

ग्रामीण परिवेश र त्रिकोणात्मक प्रेमकथालाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिने निर्माण टिमले जनाएको छ। प्रदीप भारद्वाजको लेखन रहने फिल्मका निर्माता निर्देशक सुनुवार र सन्तोष गौतम हुन्।

फिल्ममा अभिनेता सौगात मल्ल जोडिएका छन्। निर्माण टिमका अनुसार अन्य कलाकार छनोट कार्य भइरहेको छ। आगामी भदौदेखि छायांकनको तयारीमा रहेको फिल्म मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ।

प्रकाशित: ४ असार २०८१ १६:१४ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast