 प्रतीकात्मक तस्बिर।
                             प्रतीकात्मक तस्बिर।
                                            दमौली (तनहुँ)- तनहुँको आँबुखैरेनी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ५८ वर्षीया पम्फी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
च्याउ खाँदा बिरामी भएको उनको आइतबार उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। यसअघि शुक्रबारमात्रै ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको थियो।
गत असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जंगलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका थिए। त्यसमध्ये ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ र ५४ वर्षीय डिलबहादुर गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
                            प्रकाशित: १० असार  २०८१ २१:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 