छोरीको मर्म ‘लैजा दैव’

हिमाल प्रेस ७ असार २०८१ १३:४४ | Friday, June 21, 2024
छोरीको मर्म ‘लैजा दैव’

काठमाडौँ-  फिल्म ‘सतीदेवी’को ‘लैजा दैव’ बोलको गीत सार्वजनिक भएको छ। संगीत दिवसको अवसरमा ओएसआर डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

गीतमा छोरी भएर जन्मेको कारण समाज र परिवारबाट भोग्नुपरेको पीडा समेटिएको छ। फिल्मका निर्देशक लक्ष्मण सुवेदीको शब्द रहेको गीतमा सुवास भुसालले संगीत भरेका छन्। गीत ममता गुरुङले गाएकी छन् भने पुरुषोत्तम सुवेदीको संगीत संयोजन छ।

अभिनेत्री मलिका महत मुख्य भूमिका रहेको फिल्ममा छोरीको महत्वलाई बुझाउन खोजिएको छ। फिल्म सामाजिक कथामा आधारित छ।

फिल्ममा अन्य कलाकार हर्षिका वाली, मन्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारी, सुजिता शिवाकोटी लगायतका कलाकारको अभिनय छ।

आगामी साउन चार गते प्रदर्शन हुने फिल्म निर्देशक सुवेदीले नै लेखेका छन्। फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदीले लगानी गरेका छ्न।

बाबु श्रेष्ठको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादनमा बनेको फिल्ममा दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।

प्रकाशित: ७ असार २०८१ १३:४४ | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast