छाउगोठ भत्काएर मात्रै भएन, जनचेतना फैलाउन पर्‍यो : आरजु राणा

हिमाल प्रेस ९ असार २०८१ १४:२० | Sunday, June 23, 2024
छाउगोठ भत्काएर मात्रै भएन, जनचेतना फैलाउन पर्‍यो : आरजु राणा

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सात हजार पाँच सय ४५ वटा छाउ गोठ भत्काए पनि यो कुरीति अझै चलिरहेकोले जनचेतना फैलाउने अभियान सञ्चालन गर्न माग गरेकी छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले २०७५ सालदेखि २०७८ सालसम्म सात हजार पाँच सय ४५ वटा छाउगोठ भत्काइएको बताइन्।

‘करिब ८ वर्ष पहिले पनि मैले छाउ गोठमा सर्पले डसेर मरेको एक छोरीको बारेमा बोलेको थिएँ। असार ३ गते अछाममा छाउगोठमा एक छोरीलाई बलात्कार भयो। यस्ता घटना घट्ने क्रम देशमा चलिरहेको छ,’ उनले भनिन्, ‘सरकारले ३ वर्षमा सात हजार पाँच सय ४५ वटा छाउगोठ भत्काए पनि यो कुरीति चलिरहेको छ। यसविरूद्ध व्यापक जनचेतना अभियान चलाउन सरकारलाई अनुरोध गर्दछु।’

अछाममा खोजीखोजी भत्काउन थालियो छाउगोठ

छाउगोठमुक्त अछाम : किशोरीमाथि छाउगोठमै सामूहिक बलात्कार

प्रकाशित: ९ असार २०८१ १४:२० | Sunday, June 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast