चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द

हिमाल प्रेस १६ असार २०८१ ७:४१ | Sunday, June 30, 2024
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द हुने भएको छ। मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रूख ढलेर बाटो अवरुद्ध हुन सक्ने भएकाले सफारीसहितका गतिविधिमा रोक लगाउन लागिएको हो ।

निकुञ्जले हरेक वर्ष बर्खायाममा यस्ता गतिविधि बन्द गर्ने गर्दछ। गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएकामा यस वर्ष अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए।

निकुञ्जभित्रका गतिविधि बन्द भए पनि यहाँ आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती, जीप, पैदल सफारी गर्ने सक्नेछन्।

प्रकाशित: १६ असार २०८१ ७:४१ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast