काठमाडौँ- आइतबार प्रतितोला एकैदिन एक हजार छ सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला छ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।
                            प्रकाशित: ३ असार  २०८१ ११:०७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

