घट्यो अमेरिकी डलर, अरूको मूल्य कति?

हिमाल प्रेस ३१ जेठ २०८१ ८:०१ | Thursday, June 13, 2024
घट्यो अमेरिकी डलर, अरूको मूल्य कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, दिनारसहित केही विदेशी मुद्राहरुको मूल्य भने बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७० रुपैयाँ ७३ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३७ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८८ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४८ पैसा थियो।

प्रकाशित: ३१ जेठ २०८१ ८:०१ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast