रामहरि खतिवडा
काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अघिल्लो वर्ष विपद्मा परेका नागरिकको राहत र स्थानान्तरणको फाइल गृह मन्त्रालयमा अड्किएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गृहमन्त्री रवि लामिछानेले धेरै फाइल खोल्ने भनेकाले विपद्मा परेका नागरिकको फाइल खोल्न पनि आग्रह गरेका हुन्। ‘विपद्का फाइल गृह मन्त्रालयमा थन्किएका छन्। त्यस्ता फाइलतिर पनि गृहमन्त्रीको ध्यान जाओस्,’ उनले भने।
बाढीपहिरोले देशभर क्षति भएको, खानेपानी र विद्युत्को लाइन ध्वस्त भएको र बाटोघाटो बिग्रिएकाले त्यसको असर अन्य क्षेत्रमा पर्ने भन्दै सांसद खतिवडाले सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित: १३ असार २०८१ १४:३९ | Thursday, June 27, 2024
प्रतिक्रिया





