गलकोटमा घरसहित पुरिए एक दम्पती

हिमाल प्रेस १५ असार २०८१ ७:४४ | Saturday, June 29, 2024
गलकोटमा घरसहित पुरिए एक दम्पती

बागलुङ- बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा घरसहित एक दम्पती पहिरोमा पुरिएका छन्। बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ। यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ। कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ।

प्रकाशित: १५ असार २०८१ ७:४४ | Saturday, June 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast