गण्डकी प्रदेश : नेसपाका फणीन्द्र देवकोटा फेरि बने मन्त्री

हिमाल प्रेस १६ असार २०८१ ११:३९ | Sunday, June 30, 2024
गण्डकी प्रदेश : नेसपाका फणीन्द्र देवकोटा फेरि बने मन्त्री सांसद फणीन्द्र देवकोटा। फाइल तस्बिर

काठमाडौँ- नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा फेरि मन्त्री बनेका छन्। यसघि जेठ २९ गते ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त भएका उनी तीन दिनमै पदमुक्त भएका थिए। अहिले फेरि उनी सोही मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन्।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रदेशसभा सदस्य निर्वाचित भएका उनले गएको जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। त्यसको भोलिपल्ट देवकोटा मन्त्री बने। तर उनलाई माओवादीले आफ्नै दलीय ह्वीप लाग्ने भन्दै कारबाही गर्‍यो। माओवादी केन्द्रबाटै निर्वाचित कृष्ण धिताल सभामुख रहेकाले उनले देवकोटालाई सहजै कारबाहीको सूचना सुनाए।

माओवादीको कारबाहीपश्चात् देवकोटा सर्वोच्च पुगेका थिए। असार १० गते सर्वोच्चले उनको सांसद पद रिक्त गर्ने सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिदियो। सर्वोच्चको आदेशसँगै पद फिर्ता पाएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले फेरि सोही मन्त्रालयको जिम्मेवारी दिएका छन्।

उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

प्रकाशित: १६ असार २०८१ ११:३९ | Sunday, June 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast