गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

हिमाल प्रेस २८ जेठ २०८१ १७:१२ | Monday, June 10, 2024
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत सुरेन्द्रराज पाण्डे।
काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। ६० सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा पाण्डेका पक्षमा नेपाली कांग्रेसका २७, राप्रपाका २, नेपाल समाजवादीका १ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले मत दिएका हुन्। विपक्षमा ३१ मत परेको थियो।

यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका थिए। यता स्वतन्त्र सांसद दीपक मनाङले पनि प्रतिपक्षी कित्ता फेरेका छन्। उनी यसअघि प्रतिपक्षी थिए। उनले आफू स्थायीत्वको पक्षमा रहेको बताउँदै आएका थिए। 
प्रकाशित: २८ जेठ २०८१ १७:१२ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast