गण्डकीका मुख्यमन्त्रीले २८ गते विश्वासको मत लिने, बहुमतको सम्भावना न्यून

हिमाल प्रेस २५ जेठ २०८१ २१:५०
गण्डकीका मुख्यमन्त्रीले २८ गते विश्वासको मत लिने, बहुमतको सम्भावना न्यून सुरेन्द्रराज पाण्डे।

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेठ २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

गत जेठ १६ मा उनी सर्वोच्च अदालतको परमादेशपछि दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका थिए। ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ। तर पाण्डेसँग आफ्नो पार्टी नेपाली कांग्रेसको २७ सिट मात्र छ। उनलाई राप्रपा (२ सिट) ले साथ दिने सम्भावना छ।

स्वतन्त्र सांसद दीपक मनाङेको समेत साथ पाए पनि बहुमत पुग्दैन। विपक्षमा रहेको नेकपा एमाले–माओवादी केन्द्र गठबन्धनले विश्वासको मत दिने सम्भावना छैन।

तत्काल विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री पाण्डे बिहीबार काठमाडौंमा पुगेर शीर्षनेतासँग छलफल गरेका छन्। छलफलपछि उनी बजेट अगावै विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित: २५ जेठ २०८१ २१:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast