 
                             
                                            काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल चढेको विमान खराब मौसमका कारण जनकपुर नै फर्किएको छ।
जनकपुर विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि आज दिउँसो साढे ३ बजे फ्लाइट नम्बर यु४ ५०८ काे बुद्ध एअरको विमान जनकपुर नै फर्किएको हो।
बुद्ध एअरका अनुसार खराब मौसमका कारण विमान फर्किएको हो।
काठमाडौँमा अहिले पानी परिरहेको छ। श्रममन्त्री अर्याल जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा आयोजित मेलाको उद्घाटन गर्न जनकपुर पुगेका थिए।
                            प्रकाशित: १९ जेठ  २०८१ १६:४७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 